अखिलको विधान महाधिवेशन धुलिखेलमा हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन तय भएकोले फागुन ७ र ८ गते पोखराको साटो धुलिखेलमा तय भएको अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै अहिलका महासचिव समिक बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाउनु भएको छ । विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...