फेरी बिवादमा परे महरा



हाम्रो इकोनोमि

 

 

 रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई फेरि विवादमा तान्न थाल्नुभएको छ । उहाँले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको दावी गर्नुभएको छ । आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेख्नुभएको छ ।

उहाँले पछिल्लो समय महराविरुद्ध पोष्ट समेत गर्नुभएको छ । महराविरुद्ध यौन दुर्व्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय हुनुभएको थियो ।

रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो । सामाजिक सञ्जालमा रोशनीले लेख्नुभएको छ,‘महराले जेलबाट छुटाउन गरेको बाचा कसम राहुलले गरेका मसंग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ, दुनियाले मलाई महरासंग करोड खाको कुरा महराले दुनियासंग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...