५ करोडको छात्रबृदि भएको भर्चुअल एडुफेयर २०२२ सुरु



हाम्रो इकोनोमि

 

 

कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई कलेज र स्नातक तहका कोर्सहरु बुझ्न सहज बनाउने उद्देश्यले राजधानीमा ‘भर्चुअल एडुफेयर’ सुरु गरिएको छ।

कलेज रिडर्स म्यागेजिनको आयोजनामा सोमबारबाट सुरु ‘भर्चुअल एडुफेयर’ को पोखरा बिश्वविद्यालयका उपकुलपतिले उद्घाटन गरेका हुन । काठमाडौंको अल्फा हाउसमा सन्चालन भइ रहेको ‘भर्चुअल एडुफेयर २०२२’मा उपत्यका भित्र र बाहिरका १०० भन्दा धेरै कलेजको बारेमा जानकारी दिईने आयोजकले जनाएको छ।१५ दिनसम्म चल्ने एडुफेयर्बाट प्रत्यक्ष फाइदा १२ कक्षा उतीर्ण विद्यार्थीहरुले लिन सक्ने छन् ।

‘भर्चुअल एडुफेयर २०२२’मा ५ करोड बराबरको छात्रबृदिको समेत व्यवस्था गरेको छ । कार्यक्रमको भर्चुअल टुर अन्तर्गत ३६० डिग्रीको क्यामेराले कलेजको सम्पुर्ण भागको फोटो समावेश गरिएको छ । जहाँबाट कलेजको शैक्षिक अवस्था,कक्षा कोठाका साथै सम्पुर्ण अवस्थाको बारेमा जानकारी लिन सकिने छ । जसले गर्दा विद्यार्थीहरुले घरमा नै बसि आफुले चाहेको जस्तो कलेज छनोट गर्न सक्ने छन् । ‘भर्चुअल एडुफेयर २०२२’मा कलेजको भर्चुअल भ्रमण, अनलाईन आवेदन भर्ने अन्तरक्रिया,विज्ञहरुसँगको छलफल जस्ता कार्यक्रमहरु समाबेश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...