बैदेशिक रोजगारमा जाने श्रमिकलाई दःख दिए कारवाहि गर्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बैदेशिक रेजगारका लागि बिदेशमा जाने श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावस्यक दुःख दिनेलाइ कारवाहि गरिने बताउनु भएको छ । एकीकृति वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले आज सोमबार मन्त्रालयमा मन्त्री आले एक ज्ञापनपत्र पेस गरी बैदेशिक रेजगारका लागि बिदेशमा जाने श्रमिकहरुलाइ विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएपछि मन्त्री आलेले दुःख दिनेलाई कारवाहि गरिने बताउनु भएको हो ।

 

मन्त्री आलेले बैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बाहनामा दुःख दिनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।” बैदेशिक रोजगारमा खाडी मुलुक जाने नागरिकका लागि आफुले सस्तो दरको हवाइ टिकटको व्यवस्था गरेकाले सबै श्रमिकहरुले उक्त टिकटको उपयोग गर्न समेत मन्त्री आलेले आग्रह गर्नुभयो । आफु मन्त्री भएपछि बैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिश्राम स्थल, खानेपानी र निःशुल्क वाइफाइको व्यवस्था गरेकाले आफु श्रमिकहरुका पक्षमा सधै सकारात्मक रहेको समेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

 

मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना बैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ । सो संगठनका अध्यक्ष सन्तकुमार लामाले मन्त्री आलेलाई एक ज्ञापनपत्र बुझाउनु हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशि रोजगारका लागि जाने श्रमिकहरुसँग आवश्यक कागजपत्र हुँदा हुँदै पनि बिभिन्न बाहना देखाइ कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरुले दुःख दिने गरेको गुनासो गर्नु भएको थियो । साथै सो संगठनले हवाइ भाडामा पनि केही घटाउनु पर्ने, विमानस्थलमा श्रमिकहरुको आवागमन तथा प्रस्थानमा सहज हुनु पर्ने, अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायक संस्थाका पदाधिकारीहरुसँग हवाइ भाडा व्यवस्थापनका लागि छलफल गर्नु पर्ने, बैदेशिक रोजगारीमा जाने श्रमिकहरुमाथी विमानस्थलमा दिइने दुःखको अन्त हुनु पर्ने माग राख्दै ज्ञापजपत्र पेश गरिएको संगठनका महासचिव मधुकर रिजालले जानकारी दिनुभयो ।

 

उक्त संगठनले पेश गरेको ज्ञापनपत्र बुझनु हुँदै मन्त्री आलेले श्रमिकहरुको सहजताका लागि आफु तत्वर रहेको र उक्त मागहरु कार्यान्वयन गरिने आश्वासन दिनुभयो । उक्त ज्ञापजपत्र पेश गर्ने कार्यक्रममा संगठनका अध्यक्ष सान्तकुमार लामा, वरिष्ठ उपाध्यक्ष वाइबी राइ, उपाध्यक्ष बाबुराम खड्का, महासचिव मधुकर रिजाल, सचिव अनिल गिरी तथा सदस्य कामेश्वर शाहको सहभागिता रहेको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...