६४ प्रतिशत वामपन्थीको सरकार ढालेर समाजवाद आउँदैन : ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौँमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताएका हुन् ।

प्रचण्डको पहलमा साविक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै आक्रोश व्यक्त गर्दै आएकाले ओलीले प्रचण्डको राजनीतिक दस्तावेजमाथि पनि खरो टिप्पणी गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीको बुझाइ छ ।

आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरुको समर्थन रहेको स्मरण गराउँदै ओलीले भने, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...