सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पौडेल पनि पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० लाख रुपैयाँ बरामद प्रकरणमा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । आइतबार एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त रकम सहित एयरलाइन्सकी एक महिला कर्मचारी काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेल शनिबार बिहान पक्राउ परेकी थिइन् । काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत ति महिलालाई प्रहरीले विमानस्थलको आन्तरिक टर्मिनलतर्फको कन्वेयरबेल्ट भएको स्थानबाट आज विहान पक्राउ गरेको हो ।

सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको उक्त रकम लिन महिला कर्मचारी आफै पुगेकी थिइन् । प्रहरीका अनुसार १ हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटसहित महिला कर्मचारीलाई पक्राउ गरिएको हो । रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...