एमालेको एक्लै ७० लाख मत आउँछ : दुर्गा प्रसाईं



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमतसहित सत्तारोहण गर्ने बताएका छन् । जनताले अब देशका लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाईसकेको दाबी गर्दै उनले मुलकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारले प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको समेत बताएका छन् ।

एक पत्रकार सम्मेलनमा प्रसाईंले जनताले राजनीतिक दलहरूबारे धेरै कुरा बुझिसकेको भन्दै आगामी निर्वाचनमा जनताले एमालेलाई नै रोज्ने जिकिर समेत गरेका छन् ।

जनताको प्रिय पार्टी एमाले नै भएको दाबी गर्दै उनले देशमा भएका उद्योग, धन्दा, कलकारखाना बेच्ने पार्टीलाई जनताले सोझै तिरस्कार गर्ने बताएका छन् । बन्द रहेका उद्योग तथा कलकारखाना सञ्चालन गर्नुपर्छ र युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ भन्ने एमालेजस्तो पार्टी देशलाई खाँचो परिरहेको उनको भनाइ छ ।

आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने दाबी उनको छ । ‘सिंहदरबारको मूल गेट पनि हाम्रो पार्टीका अध्यक्ष केपी ओलीलाई पर्खिएर बसेको छ,’ उनले भने । उनले संसद् विघटन गर्ने कुरा प्रधानमन्त्रीको कार्यकारी अधिकारभित्रको कुरा भएको तर्क गर्दै यसअघि तत्कालीन प्रधानमन्त्री ओलीले गरेको दुई पटकको संसद् विघटन जायज भएको बताएका छन् । ‘कार्यकारी अधिकार प्राप्त गरेको प्रधानमन्त्रीले दुई चोटी मात्रै होइन, पाँच पटक पनि संसद् विघटन गर्न सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...