काग्रेसले पार्टी कार्यालयमा विपीको फोटो हैन प्रचण्डको फोटो टाँस्नु : रविन्द्र मिश्र



हाम्रो इकोनोमि

 

 

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली काग्रेसको पार्टी कार्यालयमा विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्न सुझाव दिनुभएको छ । नेपाली काग्रेस विपी कोइरालाको मार्गदर्शनबाट सम्पुर्ण रुपमा च्युत भएको भन्दै मिश्रले अहिले काग्रेस माओवादीको एजेण्डमा अघि बढको बताउनुभयो । माओवादीको एजेण्डा अनुसार हिड्ने तर हामी विपी कोइरालाको पार्टीको मान्छे हौँ भन्न अब काग्रेसलाई नसुहाउँने मिश्रले बताउनुभयो।

नेपालमा गणतन्त्र , संघियता, धर्म निरपेक्षता जस्ता एजेण्डा माओवादीले दिल्लीमा बसेर नेपालमा जनयुद्ध गरेर ल्याएको भन्दै मिश्रले यि सबै कुराहरु विदेशीहरुले नेपाली माथी लादेको आरोप लगाउनुभयो । केहि दिन अघि माओवादी केन्द्रको महाधिवेशनमा पुगेर काग्रेस सभापती देउवाले प्रचण्डका बारेमा दिएको अभिव्यक्ति उपर पनि मिश्रले कडा टिप्पणी गर्नुभएको छ ।

अस्ती माओवादीको महाधिवेशनमा पुगेर देउवाले संंघियता , गणतन्त्र , धर्मनिरपेक्षता सबैको नायक प्रचण्ड भनको होइन ? त्यसो हो भने अब पार्टी कार्यालय बाट विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्नुस देउवा जी , किनभने यि एजेण्डाहरु त विपी कोइरालको होइन प्रचण्डको हो अनी किन पार्टी कार्यालयमा विपीको फोटो टाँस्नुुहुन्छ ?’ मिश्रले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...