अध्यक्षमा प्रचण्ड निर्बिरोध, केन्द्रीय सदस्यमा निर्वाचन हुने



हाम्रो इकोनोमि

 

 

 

.

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्षमा प्रचण्ड निर्बिरोध हुने पक्का भएका छन् भने केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।

माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा कलस्टर मिलाएर पूर्ठता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महरा सकभर निर्वाचन गर्नपर्ने अवस्था नआउने बताउँछन् । ‘सहमतिमै नेतृत्व/कमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

महराले भनेअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदातित भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २:३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३:४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४:१० सम्म, छानविन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुनप्रकाशन ४:४० सम्म, उम्मेदवारको नाम फिर्ता ५:३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५:४५ बजेसम्म तोकिएको छ ।

 

निर्वाचन हुने भएमा मतदान ६:२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ । खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...