१० हजार भन्दा धेरैले गरे एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी ४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । हिजो शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षितसहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराए । योसँगै संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताए । उनका अनुसार ४ हजार २४५ जना एमालेमा प्रवेश गरेका छन् ।

सो अवसरमा महासचिव पोखरेलले पार्टीविरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताएका छन् । लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरी विकासका पूर्वाधार पुगेको भन्दै उनले यसको नेतृत्व आफ्नो पार्टी नेकपा एमालेले गरेको दाबी गरेका छन् ।

बाँके जिल्लामा मंसिर १ गते पशुपतिदयाल मिश्रको नेतृत्वमा ठूलो संख्यामा मधेसी समुदायमा मानिसको नेकपा एमालेमा प्रवेशसँगै बाँकेमा हालसम्म करिब दश हजारको हाराहारीमा नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एमालेलाइ पहिले मधेस विरोधी पार्टीको रूपमा आरोप लगाए पनि पार्टीका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेको सरकारले मधेसी समुदाय र मधेसका २२ जिल्लामा गरेको विकासले मधेसी समुदायको नेकपा एमालेमा प्रवेशमा लहरनै भएको छ ।

नेकपा एमालेमा नवप्रवेशी मिश्राका अनुसार बाँके जिल्लामा जुन प्रकारको गलत प्रचार गरिएको थियो क्रमिक रूपमा अन्त्य हुँदै गएको र मधेस एमाले चिन्दै छ भने एमाले सरकारमा गएको समयमा मधेसलाइ विकासको मुल थलो बनाएको कारण नेकपा एमालेमा प्रवेशको लहर बढेको उनको तर्क छ । बाँकेमा मधेसी मुुस्लिम समुदायको बाहुल्य रहेको जानकी गाउँपालिमा एमालेको नेतृत्व रहेको छ भने हाल नेकपा एमालेमा प्रवेशको लहर रहेका नेपालगञ्ज उपमहानरपालिकामा मिश्राको नेतृत्व ५ हजार भन्दा बढी नेकपा एमालेमा प्रवेश भएको छ ।

त्यस्तै डुडुवा गाउँपालिकामा मोहन मिश्रको नेतृत्वमा २ हजार ५०० जना र नरैनापुरमा रामकुमार दिक्षितको नेतृत्वमा शनिबार मात्रै करिब ४ हजार नेकपा एमालेमा प्रवेशसँगै १० हजार भन्दा बढी प्रवेश भएको एमाले केन्द्रीय सदस्य मोहमद हारूनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...