लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ वार्षिक साधारण सभा सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

 

पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उहाँले संस्थाको आ.व. ०७७÷०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभयो ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको भनाई छ । कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार सहकारी संघ संस्थाहरुको शेयर पूँजी १ खर्ब ५० करोड भन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ । उहाँले देशभर संचालित सहकारी संघ संस्थाहरुले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको बताउनुभयो । सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको बताउनुभयो ।

सहकारी मार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने विषयमा स्पष्ट पार्नुभयो । संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको छ ।

संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन भएको जानकारी गराउनुभयो । संस्थाले निकट भविष्यमा काठमाडौको नयाँ बजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि.÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका सर्वाेत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कार सहित सम्मान गरिएको छ । साथै १५ वर्ष स्थायी सेवा अवधि पुरा गर्ने दिपेश अधिकारी लाई सम्मान गरियो । त्यस्तैगरी ५ वर्ष स्थायी सेवा पुरा गर्ने शशिकला भण्डारी, रविन्द्र महर्जन , किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी ७ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...