राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच पार्टी एकता हुने



हाम्रो इकोनोमि

 

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्। ‘हामीबीच समान विचार छ, पार्टी एकताका विषयमा कुराकानी भएको छ,’ राप्रपा महामन्त्री राणाले भने।

समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ। सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राणाले बताए। ‘यो प्रारम्भिक भेट हो, एकताकै लागि गरिएको भेटघाट पनि हो,’ राणाले भने। राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको राणाले बताए। ‘कसरी मिलाउने भन्नेमा समय लाग्न सक्छ,’ राणाले भने।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन् । एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।

पछिल्लो समय मिश्रले संघीयता खारेज गर्नु पर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनको त्यही प्रस्तावले विवेकशील साझा पार्टीमा चरम विवाद उत्पन्न भएको छ । संयोजक मिलन पाण्डेलाई मिश्र पक्षले पार्टीको साधारण सदस्यबाट निकालेको छ भने बागमती प्रदेशकी संयोजक रञ्जु दर्शनाले विवेकशील साझा छोडेकी छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...