अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच तनाव



हाम्रो इकोनोमि

 

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए ।

रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो । रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ । सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ ।

युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो । यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबीच भएको दोस्रो हो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...