माओवादीको महाधिवेशनमा बन्दसत्रपनि हुने



हाम्रो इकोनोमि

 

 

आइतबार सुरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्र सोमबार बिहान ११ बजेदेखि सुरु भएको छ। बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उनले प्रतिवेदनमा ‘आफ्नै चिरफार’ गरेको उद्घाटन सत्रमा बताइसकेका छन्। सो प्रतिवेदनमाथि प्रतिनिधिहरूले सामूहिक छलफल गरेर पुनः प्रस्तुत गर्नेछन्। त्यस्तै बन्दसत्रमा विधानलगायत अन्य प्रतिवेदन समेत पेस बताइएको छ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निर्णय गरेको थियो। त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...