माओवादीको महाधिवेशनमा बन्दसत्रपनि हुने



हाम्रो इकोनोमि

 

 

आइतबार सुरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्र सोमबार बिहान ११ बजेदेखि सुरु भएको छ। बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उनले प्रतिवेदनमा ‘आफ्नै चिरफार’ गरेको उद्घाटन सत्रमा बताइसकेका छन्। सो प्रतिवेदनमाथि प्रतिनिधिहरूले सामूहिक छलफल गरेर पुनः प्रस्तुत गर्नेछन्। त्यस्तै बन्दसत्रमा विधानलगायत अन्य प्रतिवेदन समेत पेस बताइएको छ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निर्णय गरेको थियो। त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...