एमसीसी नेपालकाे हितमा छ : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको दावी गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।

‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुप¥यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहीँ देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’

उनले अगाडी थपे, ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ !’

‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्यो क्या !’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...