एनआरएनए निर्वाचन फेरि स्थगित



हाम्रो इकोनोमि

 

गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो ।

निर्वाचन गरिने भन्दै पटक पटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ ।

संघभित्र प्रतिनिधि छनौटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गर्नुभएको थियो । तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ ।

भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गर्नुभएको छ । यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...