देउवालाई प्रचण्डको चेतावनी, जबरजस्ती गरे अप्ठ्यारो स्थिति बन्छ



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए ।

एमसीसीका कारण गठबन्धन टुट्न दिइदैन, टुट्दैन र टुट्न पनि हुँदैन,’ एक अन्तवार्तामा प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै भने,‘जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्छ ।’

एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सुधारको विषय रहेको गठबन्धनको बैठकमा बोलेको खुलासा गरे । उनले भने,‘प्रधानमन्त्रीजीले पनि गठबन्धनको बैठकमा केही सुधारको गुज्यायस छ भन्नुभएको छ, म पनि कोशिश गर्छु भन्नुभएको छ ।’ प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने स्पष्ट पारे । उनले एमसीसीले समय लियो नै भनेपनि केही सुधार गरेर अगाडि बढ्ने बताए ।

आफूहरु वैदेशिक सहयोग अस्वीकार गर्ने पक्षमा नभएको बताए । उनले भने,‘एमसीसी प्रोजेक्टबारे गम्भीर ढंगले प्रश्न उठे ।’ एमसीसीबारे विगतमा विवाद नभएको तर संसदबाट पारित गर्ने विषय आएपछि समस्या आएको बताए ।

अमेरिकाको विश्वव्यापी रणनीतिको अङ्ग हो भन्ने जस्ता प्रश्नहरु आएको बताए । एमसीसी राष्ट्रको हितमा छैन भन्ने व्यापक रुपमा गएको टिप्पणी गरे । उनले एमसीसीबारे विभिन्न सर्तहरु खुलाउँदै अप्ठ्यारो पार्ने त्रुटीपूर्ण विषय सच्याउने, आवश्यक पर्दा संशोधन गर्नुपर्ने, दलहरुबीच सहमति र राष्ट्रिय रुपमा मात्र सहमति गरेर मात्र अगाडि बढ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...