रञ्जु दर्शनाले छाडिन विवेकशील साझा पार्टी



हाम्रो इकोनोमि

 

 

चर्चित नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गर्नुभएको हो ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । उहाँले तत्काल कुनै पार्टीमा नजाने बताउनु भएको छ । आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी पनि उहाँले दिनुभएको छ ।

‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ दर्शनाको बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...