पर्यटकिय क्षेत्रको विकास गर्नु नै मेरो प्रमुख उदेश्य हो : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम लगायत देशभरीमा रहेका पर्यटकिय क्षेत्रको विकाससँगै प्रचार प्रशार गर्नु आफ्नो प्रमुख लक्ष रहेको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज सोमबार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले धार्मिक तथा पर्यटकिय क्षेत्रका हिसावले सुदूरपश्चिम धेरै भएको र यहाँका पर्यटकिय र धार्मिक क्षेत्रको विकासका लागि अहोरात्र खटिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास मात्रै गर्न सके कायापलट हुने देखिन्छ, यहाँका धार्मिक र पर्यटकिय क्षेत्रको तीब्र रुपमा विकास गर्छु ।”

 

यहाँका पर्यटकिय क्षेत्रको विकाससँगै प्रचार प्रशारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउनु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रशिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्रहरु खप्तड, रामारोसन, अपिसैपाल, बडिकेदार लगायतका ठाउँमा पर्यटक भित्रयाउनका लागि भौतिक पूर्वाधार सहितका निर्माण कार्य तीब्र रुपमा बिस्तार भइरहेको बताउनुभयो । यहाँका पर्यटकिय क्षेत्रमा पर्यटकको सहजताका लागि मोटरबाटो, खानेपानी लगायतका सेवा सुबिधाका लागि मन्त्रालयले पहल चालिरहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो ।

 

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले यहाँको बडिकेदार, खप्तड लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा मोटरबाटो निर्माण कार्य भइरहेकाले चाडै सम्पन्न हुने बिस्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकिय क्षेत्र तथा धार्मिक स्थल भएकाले ती क्षेत्रको तीब्र विकाससँगै प्रचार प्रसार गरी देश बिदेशमा चिनाउने गरी काम अगाडी बढाएको मन्त्री आलेको दाबी थियो । सुदूरपश्चिम वन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा फारवष्टेन राइडर कल्बको सहकार्यमा यहि पुस ३ गते कैलालीको धनगढीबाट उक्त पर्यटन साइकल यात्रा सुरु भइ डोटीको बुडरमा गएर आज सोमबार समापन गरिएको हो । विमल विष्ट

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...