अब पार्टीमा ६०-४० को धन्दा चल्दैन : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब पार्टीमा ६०-४० को धन्दा चलाउन नहुने बताएका छन् । एक  टेलिभिजनसँग कुरा गर्दै महामन्त्री थापाले भने, “नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले ४० प्रतिशत मतको भागबन्डा नमाग्ने स्पष्ट भनिसक्नुभएको छ । तर हाम्रो पार्टीको विगत हेर्दा अहिलेका सभापति शेरबहादुर देउवा सुशील कोइरालासँग भाग मागेर बस्नुभयो । उहाँलाई पनि अर्को महाधिवेशनमा अर्को पराजित सभापतिले भाग मागेकै हो ।”

कांग्रेसका नवनिर्वाचित महामन्त्री थापाले थपे, “हामीले भागबन्डाबाट आजित भएर नै पार्टीभित्र जेहाद छेडेको हो । अब शेरबहादुर देउवा पनि ६० प्रतिशतको मात्र सभापति होइन । उहाँ सबैको सभापति हो । त्यसैले उहाँले गुटको भेला गर्नुभएन । शेखर कोइरालाले ४० प्रतिशतको धन्दा नचलाउने, गुटको बैठक नबोलाउने र गुटको आधारमा लेनदेन नगर्ने भनेपछि सभापतिले चाहिँ भागबन्डा तोड्न सक्नुहुन्छ कि हुन्न भन्ने नै अहिलेको प्रमुख कुरा हो । अबको हाम्रो काम विधानको शासन कायम गराउने हो । विधान सबैले अक्षरश मान्ने हो । सभापतिले सबैलाई जिम्मेवारी र न्याय दिनुपर्यो भन्ने हो ।”

पार्टी सभापतिमा देउवालाई सफल बनाउने आफ्नो इमानदार प्रयास रहने उनले बताए । उनले भने, “यो देउवाको लास्ट इनिङ हो । हामी उहाँलाई मदत पनि गछौंं, दबाब पनि दिन्छौं । अबको पहिलो काम वडादेखि केन्द्रसम्म भएका निर्वाचनमा लागेको घाउ पुर्ने हो । म मेरो जनीतिक लाइन ‘सम्पन्न नेपाली, सम्मानित नेपाली कार्यक्रम’ पार्टीमा प्रस्तुत गर्छु ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...