अब पार्टीमा ६०-४० को धन्दा चल्दैन : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब पार्टीमा ६०-४० को धन्दा चलाउन नहुने बताएका छन् । एक  टेलिभिजनसँग कुरा गर्दै महामन्त्री थापाले भने, “नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले ४० प्रतिशत मतको भागबन्डा नमाग्ने स्पष्ट भनिसक्नुभएको छ । तर हाम्रो पार्टीको विगत हेर्दा अहिलेका सभापति शेरबहादुर देउवा सुशील कोइरालासँग भाग मागेर बस्नुभयो । उहाँलाई पनि अर्को महाधिवेशनमा अर्को पराजित सभापतिले भाग मागेकै हो ।”

कांग्रेसका नवनिर्वाचित महामन्त्री थापाले थपे, “हामीले भागबन्डाबाट आजित भएर नै पार्टीभित्र जेहाद छेडेको हो । अब शेरबहादुर देउवा पनि ६० प्रतिशतको मात्र सभापति होइन । उहाँ सबैको सभापति हो । त्यसैले उहाँले गुटको भेला गर्नुभएन । शेखर कोइरालाले ४० प्रतिशतको धन्दा नचलाउने, गुटको बैठक नबोलाउने र गुटको आधारमा लेनदेन नगर्ने भनेपछि सभापतिले चाहिँ भागबन्डा तोड्न सक्नुहुन्छ कि हुन्न भन्ने नै अहिलेको प्रमुख कुरा हो । अबको हाम्रो काम विधानको शासन कायम गराउने हो । विधान सबैले अक्षरश मान्ने हो । सभापतिले सबैलाई जिम्मेवारी र न्याय दिनुपर्यो भन्ने हो ।”

पार्टी सभापतिमा देउवालाई सफल बनाउने आफ्नो इमानदार प्रयास रहने उनले बताए । उनले भने, “यो देउवाको लास्ट इनिङ हो । हामी उहाँलाई मदत पनि गछौंं, दबाब पनि दिन्छौं । अबको पहिलो काम वडादेखि केन्द्रसम्म भएका निर्वाचनमा लागेको घाउ पुर्ने हो । म मेरो जनीतिक लाइन ‘सम्पन्न नेपाली, सम्मानित नेपाली कार्यक्रम’ पार्टीमा प्रस्तुत गर्छु ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...