एमाले पदाधिकारीको वरियता हेरफेर



हाम्रो इकोनोमि

 

नेकपा एमालेले पदाधिकारीको वरियताक्रममा केही हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा केहीहेरफेर भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्ताव गरेको भन्दा केही परिवर्तन भएर वरियताको सूची अपानीमा समेटिएको छ ।शुक्रबार एमालेले जारी गरेको अपानीमा सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहनुभएको छ ।

यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेर अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको थियो ।जुन विषय सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि नेतृत्वको आलोचना भएको थियो । यद्यपी एमालेले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाइ अझै पूर्व माओवादीका नेताहरू भन्दा तल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...