पुर्व माओवादी र मधेसी नेतालाई जिम्मेवारी नदिएको भन्दै प्रभु साहको असन्तुष्टी



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेले बिभिन्न प्रदेशको पदाधिकारीमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी नदिएपछि नेता प्रभु साह असन्तुष्ट भएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले सात भौगोली र एक गैरभौगोलिक प्रदेश कमिटीको पदाधिकारी चयन गरेको थियो । जसमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई नराखिएपछि साहले असन्तुष्टि पोखेका छन् ।

एमाले स्थायी कमिटीका सदस्य साहले प्रदेश पदाधिकारीमा प्रभु पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी दिन अध्यक्ष केपी शर्मा ओलीसंग माग गरेको एमाले स्रोतले जनाएको छ । बैठकबाट  भौगोली क्षेत्रका सात र गैरभौगोलिक विशेष प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव गरी ४० पदाधिकारी नियुक्त गरिएको छ । तर प्र्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश कमिटीमा पुर्व माओवादी समुहका एकजना पनि नेतालाई पदाधिकारीमा राखिएको छैन् ।

लुम्बिनी प्रदेशमा दुर्गा थारुलाई उपसचिव राखिएको छ । कर्णाली प्रदेशमा कमल शाहीलाई सचिव राखिएको छ भने सदुरपश्चिम प्रदेश कमिटीमा भागरथी विष्टलाई उपसचिव राखिएको छ । प्रदेशतर्फको ४० पदाधिकारीमा तीन जना मधेसी समुदायका नेता मात्रै परेका छन् । जसमा एक थारु, एक मुस्लिम परेका छन् भने प्रदेश २ मा रामऔतार यादव प्रदेश अध्यक्ष नियुक्त भएका छन् ।

‘४० भन्दा बढी पदाधिकारीहरु नियुक्त हुदैगर्दा पुर्व माओवादी तथा मधेसी समुदायका नेताहरुलाई सम्मानजनक सहभागिता नगराउँनु दुखद बिषय हो’ साहले आफू निकटका नेताहरुसंग दुखेसो पोख्दै दिन विताइरहेका छन । यस्तै स्थानीय तहमा निर्वाचित सबै प्रमुख तथा उपप्रमुख महिलाहरु एमालेको केन्द्रीय सदस्य भए पनि प्रदेश २ मा एक मात्र निर्वाचित मेयर रिना साह केन्द्रीय सदस्य नभएकोमा समेत साहले दुखेको पोखेका छन् ।

कतिपय उपप्रमुख महिलाहरु केन्द्रीय सदस्य हुदैगर्दा प्रदेश २ मा एक मात्र निर्वाचित मेयर साहलाई केन्द्रीय सदस्य नबनाइएकोमा समेत साहले असन्तुष्टि व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...