पुर्व माओवादी र मधेसी नेतालाई जिम्मेवारी नदिएको भन्दै प्रभु साहको असन्तुष्टी



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेले बिभिन्न प्रदेशको पदाधिकारीमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी नदिएपछि नेता प्रभु साह असन्तुष्ट भएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले सात भौगोली र एक गैरभौगोलिक प्रदेश कमिटीको पदाधिकारी चयन गरेको थियो । जसमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई नराखिएपछि साहले असन्तुष्टि पोखेका छन् ।

एमाले स्थायी कमिटीका सदस्य साहले प्रदेश पदाधिकारीमा प्रभु पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी दिन अध्यक्ष केपी शर्मा ओलीसंग माग गरेको एमाले स्रोतले जनाएको छ । बैठकबाट  भौगोली क्षेत्रका सात र गैरभौगोलिक विशेष प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव गरी ४० पदाधिकारी नियुक्त गरिएको छ । तर प्र्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश कमिटीमा पुर्व माओवादी समुहका एकजना पनि नेतालाई पदाधिकारीमा राखिएको छैन् ।

लुम्बिनी प्रदेशमा दुर्गा थारुलाई उपसचिव राखिएको छ । कर्णाली प्रदेशमा कमल शाहीलाई सचिव राखिएको छ भने सदुरपश्चिम प्रदेश कमिटीमा भागरथी विष्टलाई उपसचिव राखिएको छ । प्रदेशतर्फको ४० पदाधिकारीमा तीन जना मधेसी समुदायका नेता मात्रै परेका छन् । जसमा एक थारु, एक मुस्लिम परेका छन् भने प्रदेश २ मा रामऔतार यादव प्रदेश अध्यक्ष नियुक्त भएका छन् ।

‘४० भन्दा बढी पदाधिकारीहरु नियुक्त हुदैगर्दा पुर्व माओवादी तथा मधेसी समुदायका नेताहरुलाई सम्मानजनक सहभागिता नगराउँनु दुखद बिषय हो’ साहले आफू निकटका नेताहरुसंग दुखेसो पोख्दै दिन विताइरहेका छन । यस्तै स्थानीय तहमा निर्वाचित सबै प्रमुख तथा उपप्रमुख महिलाहरु एमालेको केन्द्रीय सदस्य भए पनि प्रदेश २ मा एक मात्र निर्वाचित मेयर रिना साह केन्द्रीय सदस्य नभएकोमा समेत साहले दुखेको पोखेका छन् ।

कतिपय उपप्रमुख महिलाहरु केन्द्रीय सदस्य हुदैगर्दा प्रदेश २ मा एक मात्र निर्वाचित मेयर साहलाई केन्द्रीय सदस्य नबनाइएकोमा समेत साहले असन्तुष्टि व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...