इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण



हाम्रो इकोनोमि

 

 

चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । ु

जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै  पाइलटले  कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।

१८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ ।   यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको स्रोतले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् । विमानस्थल बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...