प्रचण्ड र ज्ञानेन्द्रको गोप्य साँठगाँठ, यस्तो उपद्रव मच्चाइयो : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन् । प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ ।

मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधबार ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’

‘बाहिर राष्ट्रियताको कुरा, भित्र प्रतिक्रियावादीसँग साँठगाँठ’

त्यसपछि ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँच बुँदे सहमति भएको बताउँदै ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’

त्यही सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीको दाबी छ । ‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

उनले अगाडि भने, ‘यहीं काठमाडौंमा हामीले देख्यौं, थापाथलीदेखि हिंडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्नेहरु ? कसरी युवाशक्तिलाई दुरुपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’

प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरुले खाइरहेको ओलीले बताए ।

‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’ ओलीले भने, ‘यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौं।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...