मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

 

प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् ।

‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’ सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

अध्यादेशको विरोध

सांसद सोनलले प्रदेश २ सरकारले ल्याएको कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् ।

‘न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ’ अधि अध्यादेश किन ल्याइयो ?’ उनले भने, ‘यसमा घोर असहमति व्यक्त गर्दछु । यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।’

प्रदेश सरकारले विभिन्न निकायमा कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै यसले ऐन, कानुन र निकाय व्यवस्थित हुन नसक्ने बताए ।  जनलोकपाल आयोग, दलित विकास समिति बनाएपनि बस्ने कुर्सी, कर्मचारी नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...