सभामुखलाई ओलीको चेतावनी : धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् ।

आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीले बताए । मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’

संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए ।

‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...