शेरबहादुर देउवाको प्यानल सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि नेताहरू विभिन्न समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाको समूहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा उपसभापतिमा विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का महामन्त्रीमा डा. प्रकाश सरण महत, प्रदीप पौडेल रहनुभएको छ। केन्द्रीय सदस्य खुल्लामा ३५ जनाको कोटामा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा.शंशाक कोइराला, गणेश लामा लगायत रहनुभएको छ । कोइराला संस्थापनइतर भए पनि देउवाले आफ्नो प्यानलको लिस्टमा राखेका छन् । उहाँको नाम खुल्ला सदस्यको देउवा लिस्टमा दोस्रो नम्बरमा छ । लामा २८ औँ नम्बरमा छन् ।कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...