शेरबहादुर देउवाको प्यानल सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि नेताहरू विभिन्न समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाको समूहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा उपसभापतिमा विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का महामन्त्रीमा डा. प्रकाश सरण महत, प्रदीप पौडेल रहनुभएको छ। केन्द्रीय सदस्य खुल्लामा ३५ जनाको कोटामा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा.शंशाक कोइराला, गणेश लामा लगायत रहनुभएको छ । कोइराला संस्थापनइतर भए पनि देउवाले आफ्नो प्यानलको लिस्टमा राखेका छन् । उहाँको नाम खुल्ला सदस्यको देउवा लिस्टमा दोस्रो नम्बरमा छ । लामा २८ औँ नम्बरमा छन् ।कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...