पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले सुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...