ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप  एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन् ।

सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।

एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने भएका हुन् । एमाले विभाजन भएर नेकपा एस गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गरेका ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...