कांग्रेस महाधिवेशन बहिष्कार गर्ने रामचन्द्र पाैडेलको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधौँ महाधिवेशनको उद्घाटन नै बहिष्कार गर्ने भएपछि उनलाई मनाउन नेताहरू बोहोराटारस्थित उनको निवासमा पुगेका छन । पौडेललाई मनाउन यसअघि देउवाको गुटमा लागेर सभापतिमा हराउन कस्सिएका अर्जुननरसिंह केसीसहितका नेता रहेका छन । अघिल्लो महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीको उम्मेदवार बनेर केसीले सभापतिमा देउवालाई सहयोग गरेका थिए ।

अहिले भने केसी पौडेल समूहमा लागेका छन । केसीसहित पौडेल निवासमा महेश आचार्य, बलबहादुर केसी र डा मिनेन्द्र रिजाल पुगेका छन । उनीहरूले पौडेललाई महाधिवेशनको उद्घाटनसत्रमा उपस्थित भैदिन अनुरोध गर्ने एक नेताले बताएका छन । यता सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधीले पनि पौडेललाई टेलिफोन मार्फत महाधिवेशनको उद्घाटनमा सहभागि भैदिन अनुरोध गरेका छन । आजै बिहान भएको एक कार्यक्रममा सम्बोधन गर्दै निधीले सबैले पौडेललाइ छाडिदिए आफू पनि छाडिदिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...