कांग्रेस महाधिवेशन बहिष्कार गर्ने रामचन्द्र पाैडेलको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधौँ महाधिवेशनको उद्घाटन नै बहिष्कार गर्ने भएपछि उनलाई मनाउन नेताहरू बोहोराटारस्थित उनको निवासमा पुगेका छन । पौडेललाई मनाउन यसअघि देउवाको गुटमा लागेर सभापतिमा हराउन कस्सिएका अर्जुननरसिंह केसीसहितका नेता रहेका छन । अघिल्लो महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीको उम्मेदवार बनेर केसीले सभापतिमा देउवालाई सहयोग गरेका थिए ।

अहिले भने केसी पौडेल समूहमा लागेका छन । केसीसहित पौडेल निवासमा महेश आचार्य, बलबहादुर केसी र डा मिनेन्द्र रिजाल पुगेका छन । उनीहरूले पौडेललाई महाधिवेशनको उद्घाटनसत्रमा उपस्थित भैदिन अनुरोध गर्ने एक नेताले बताएका छन । यता सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधीले पनि पौडेललाई टेलिफोन मार्फत महाधिवेशनको उद्घाटनमा सहभागि भैदिन अनुरोध गरेका छन । आजै बिहान भएको एक कार्यक्रममा सम्बोधन गर्दै निधीले सबैले पौडेललाइ छाडिदिए आफू पनि छाडिदिन तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...