कांग्रेस केन्द्रीय सदस्य उठ्ने राजेन्द्र बजगाईंको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदमा उठ्ने उनले बताए ।

बजगाईं गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित हुन्। उनले लामो समयदेखि ‘विकासका लागि राजनीति’ नारा अगाडि सारेका छन् । गोरखा मसेलका बजगाईं राजनीतिसँगै पर्यटन क्षेत्रमा पनि सक्रिय छन्। बजगाईं यसअघि पनि कांग्रेसको महाधिवेशन र महासमिति सदस्य थिए। बजगाईं २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि केन्द्रीय समिति सदस्य पदमा उठेका थिए तर उनले त्यसबेला जितेनन् ।

उनले १३ औं महाधिवेशनमा चार सय चार मत ल्याएका थिए। उनी शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौला कुनै पनि पक्षबाट त्यसबेला केन्द्रीय सदस्य लडेका थिएनन्।

बजगाईंले यसपालि संस्थापन वा संस्थापनइतर कुनै एक टिमबाट आफू केन्द्रीय सदस्य उठ्ने बताएका छन्। आफू खुला केन्द्रीय सदस्य पदमा उठ्ने उनले पत्रकारहरूलाई बताए।  उनले कुन टिमबाट आफू केन्द्रीय सदस्य पदमा लड्ने भन्ने जानकारी पछि मात्रै दिने बताएका छन् । यसपालि कांग्रेसले खुला केन्द्रीय सदस्य संख्या वृद्धि गरेर ३५ पुर्‍याएको छ। १३ औं महाधिवेशनमा यो संख्या २५ मात्रै थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...