कांग्रेस केन्द्रीय सदस्य उठ्ने राजेन्द्र बजगाईंको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदमा उठ्ने उनले बताए ।

बजगाईं गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित हुन्। उनले लामो समयदेखि ‘विकासका लागि राजनीति’ नारा अगाडि सारेका छन् । गोरखा मसेलका बजगाईं राजनीतिसँगै पर्यटन क्षेत्रमा पनि सक्रिय छन्। बजगाईं यसअघि पनि कांग्रेसको महाधिवेशन र महासमिति सदस्य थिए। बजगाईं २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि केन्द्रीय समिति सदस्य पदमा उठेका थिए तर उनले त्यसबेला जितेनन् ।

उनले १३ औं महाधिवेशनमा चार सय चार मत ल्याएका थिए। उनी शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौला कुनै पनि पक्षबाट त्यसबेला केन्द्रीय सदस्य लडेका थिएनन्।

बजगाईंले यसपालि संस्थापन वा संस्थापनइतर कुनै एक टिमबाट आफू केन्द्रीय सदस्य उठ्ने बताएका छन्। आफू खुला केन्द्रीय सदस्य पदमा उठ्ने उनले पत्रकारहरूलाई बताए।  उनले कुन टिमबाट आफू केन्द्रीय सदस्य पदमा लड्ने भन्ने जानकारी पछि मात्रै दिने बताएका छन् । यसपालि कांग्रेसले खुला केन्द्रीय सदस्य संख्या वृद्धि गरेर ३५ पुर्‍याएको छ। १३ औं महाधिवेशनमा यो संख्या २५ मात्रै थियो।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...