महाधिवेशनपछि पहिलो पटक पत्रकारसँग साक्षात्कार गर्दै अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज पत्रकारसँग भटघाट गर्ने हुनुभएको छ । प्रेस चौतारी नेपालले महाधिवेशनको सन्देशसहित अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम आयोजना गरेको हो ।

प्रेस चौतारी नेपालले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ । सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो । अध्यक्षमा पुनः निर्वाचित हुनुभएपछि ओलीको यो नै पहिलो पत्रकार भेटघाट हो ।

मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्नु हुनेछ । केन्द्रीय कमिटी बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...