महाधिवेशनपछि पहिलो पटक पत्रकारसँग साक्षात्कार गर्दै अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज पत्रकारसँग भटघाट गर्ने हुनुभएको छ । प्रेस चौतारी नेपालले महाधिवेशनको सन्देशसहित अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम आयोजना गरेको हो ।

प्रेस चौतारी नेपालले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ । सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो । अध्यक्षमा पुनः निर्वाचित हुनुभएपछि ओलीको यो नै पहिलो पत्रकार भेटघाट हो ।

मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्नु हुनेछ । केन्द्रीय कमिटी बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...