नेपाल स्काउटका संयोजक भण्डारीलाई सर्वोच्चद्वारा पुनर्वहालीका लागि आदेश



हाम्रो इकोनोमि

 

 

नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै सर्वोच्च अदालतले पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको आदेश दिएको हो।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो। भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गरेका थिए। सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...