सत्ता गठबन्धन टुट्ने संकेत, आम निर्वाचन घोषणा गर्दै देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।

काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गर्ने र उनीसँग रणनीतिक चार्तुयतालाई निरन्तरता दिदै सभापति जित्ने देउवाको दाउ देखिन्छ । पार्टीभित्र पकड कायमै राखेको रिपोर्टका आधारमा उनले बालुवाटारमा सभापति फेरि उठ्ने उद्घोष गरे ।

देउवाले सत्ता गठबन्धन लामो समय नजाने संकेत पनि गरेका छन् । उनले गठबन्धन दलहरुबीच चुनावी समिकरणबारे पनि महत्वपूर्ण कुरा गर्दै आगामी स्थानीय र आमनिर्वाचनसम्म त्यो यथावत् नरहने स्पष्ट पारेका छन् । काँग्रेसभित्र पकड बलियो बनाएलगत्तै देउवाको पछिल्लो अभिव्यक्ति आएको छ । यसबाट उनले भन्दै आएको अर्ली इलेक्शनको पनि संकेत गरेका छन् ।

२८ मंसिरमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभामा टेबुल हुँदैछ । यसबारे गठबन्धन दलभित्रै मतभिन्नता छ । एमसीसी पारित गर्ने या नगर्ने विषयले टकराव हुँदा गठबन्धन टुट्ने सम्भावना पनि छ । योसँगै देउवाले देशलाई फेरि चुनावमा लाने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...