अब एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुन्छ : सचिव भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई नेकपा (एमाले) को जनाधार देखेर अहिले काँग्रेस र माओवदी पार्टी अत्तालिएको बताएका छन । प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताए । आफूलाई ठूलो भन्ने दुई पार्टी चितवनमा एमालेको जनलहर देखेपछि अत्तालिएका छन् उनले भने । चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण काँग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरेको उनले दाबी गरे ।

चितवनमा सात लाखभन्दा धेरै जनसहभागिता भएको प्रमाण सुरक्षा निकायले दिएको सचिव भट्टराइले जानकारी दिए । यती ठूलो सहभागिता जुटाउन नेपाली काँग्रेस र माओवादीले सक्दैनन् उनले भने, “एमालेसँग सामना गर्न सक्ने पार्टी अन्य छैन । एमालेको जनसहभागिता तोड्ने भनेको एमालेले मात्र हो, अन्य पार्टीले होइन ।”

कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको उनले बताए । एमालेले जनताको साख जोगाएको उनले बताए । जनताको भरोसा एमालेमाथि भएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उनको दाबी छ ।

माओवादीको केही हिस्सा एमालेमा रहेको र पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँग रहेको उनले बताए । एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी नेपालमा रहन्छ । अन्य कम्युनिस्टको प्रभाव हुदैन । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुन्छ उनले भने ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेकोजस्तो व्यबस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताए । एमालेको महाधिवेशनबाट सवैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...