नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम प्रथम भयो



 

 

 

साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ ।
उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ ।
८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।
सन २०१९ बाट शुरु भएको उक्त समिट यस पटक श्रीलंकामा आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । रहेक टिममा प्रत्येक देशका एक जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
समाजवादी नामका पसल चल्न दिदैनौं : ओली

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति

सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती

    नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ

थुनामुक्त भएपनि रवि लामिछानेलाई पुन: पक्राउ गरिहाल्ने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा