राजतन्त्रको मुद्धा छाडे कमल थापाले



हाम्रो इकोनोमि

 

 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राजसंस्थाको मुद्धा छाडने संकेत दिनुभएको छ । निर्मल निवासको योजनामा आफूलाई हराइएको आरोप लगाउनु भएका थापाले पूर्वजर्नेल राजेन्द्र थापाको गीतलाई उधृत गर्दै राजसंस्थाको मुद्धा छाडने संकेत दिनुभएको हो ।

महाधिवेशनबाट बिजयी लिङदेनसहितका पदाधिकारीको शपथग्रहण चलिरहँदा थापाले मलाई पुरानो गीत याद आयो भन्दै राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गर्नुभएको हो । ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’ भन्दै थापाले गीत उधृत गर्नुभएको छ, …यसपालि त मनै फाट्यो ।’

आज बिहान आएको मतपरिणामअनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको थियो भने थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। अध्यक्षमा पराजित भएपछि थापाले लगातार ट्वीट गर्दै पूर्वराजा ज्ञानेन्द्रदेखि परिवारका सदस्यहरुमाथि रोष प्रकट गर्नुभएको छ ।

यस्तो छ थापाको ट्वीट

मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो–पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...