राजतन्त्रको मुद्धा छाडे कमल थापाले



हाम्रो इकोनोमि

 

 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राजसंस्थाको मुद्धा छाडने संकेत दिनुभएको छ । निर्मल निवासको योजनामा आफूलाई हराइएको आरोप लगाउनु भएका थापाले पूर्वजर्नेल राजेन्द्र थापाको गीतलाई उधृत गर्दै राजसंस्थाको मुद्धा छाडने संकेत दिनुभएको हो ।

महाधिवेशनबाट बिजयी लिङदेनसहितका पदाधिकारीको शपथग्रहण चलिरहँदा थापाले मलाई पुरानो गीत याद आयो भन्दै राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गर्नुभएको हो । ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’ भन्दै थापाले गीत उधृत गर्नुभएको छ, …यसपालि त मनै फाट्यो ।’

आज बिहान आएको मतपरिणामअनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको थियो भने थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। अध्यक्षमा पराजित भएपछि थापाले लगातार ट्वीट गर्दै पूर्वराजा ज्ञानेन्द्रदेखि परिवारका सदस्यहरुमाथि रोष प्रकट गर्नुभएको छ ।

यस्तो छ थापाको ट्वीट

मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो–पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...