विमानस्थलबाट प्रहरी जवान नै पक्राउ



हाम्रो इकोनोमि

 

 

सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसी पक्राउ परेका हुन्।  गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ५० ग्राम सुन ल्याएको र सो सुनको भन्सार छल्न प्रहरी जवान केसीले सघाएको आरोप लागेको हो । भन्सार प्रशासक भट्टराईका अनुसार उनले ५० ग्राम सुन ल्याएबापत ४८ हजार ६५ रुपैयाँ भन्सार तिर्नुपर्छ।

तर सो छली गरी ल्याएको आरोप लागेपछि प्रहरीले छानबिन गरी उनीहरू दुबैलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो। ‘अभियान चालेको पहिलो दिनमै प्रहरी जवानले बाहिरबाट आउने व्यक्तिसँग मिलेमतो गरेर भन्सार नतिरी सुन ल्याएको भन्ने सूचना आयो,’ भट्टराईले भने, ‘सूचना पाएपछि प्रहरीले सिसिटिभी फुटेज सबै अनुसन्धान गर्‍यो।’

त्यसमा भन्सार छल्न सघाएको देखिएपछि आफूले नियन्त्रणमा लिन र त्यस्तो व्यक्तिहरूलाई कुनै छुट नहुने भन्दै थप अनुसन्धानको लागि कार्यालयमा पेश भएको उनले बताए। अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यद्यपि उनीहरूले ल्याएको सुन परीक्षण गर्न ल्याबमा राखिएको प्रहरीले जनाएको छ।

‘यसरी गैरकानुनी किसिमले कसैले भन्सार छल्छ भने मैले आफ्नै कर्मचारी किन नहोस् कसैलाई छोडिँदैन,’ उनले भने।  भन्सार ऐन अनुसार विदेशबाट ५० ग्राम सम्मका गहना ल्याउन छुट दिइएको छ। २५० ग्राम सम्मका गहना ल्याउन पाइन्छ भने २०० ग्रामको भने भन्सार तिर्नुपर्छ।

त्यस्तै, काँचो सुन भने १०० ग्राम सम्म मात्रै ल्याउन पाइन्छ। तर काँचो सुनको हकमा जति १ ग्राम देखि १०० ग्रामसम्म जति ल्याए पनि भन्सार तिर्नुपर्ने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...