ज्ञानेन्द्र शाहमाथि खनिए कमल थापा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् ।आफू पराजित भएको परिणाम स्वीकार गर्दै थापाले आफ्नो पराजयमा पूर्वराजा शाहको हात रहेको आरोप लगाउँदै शाहप्रति कडा टिप्पणी गरेका हुन् । उनको पराजयसँगै अब राजा र राजसंस्थाबाट मुक्ति पाएको संकेत समेत उनको टिप्पणीबाट पाउन सकिन्छ ।

उनले ट्विटमा आफ्नो पराजयमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको उल्लेख गर्दै भनेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मलनिवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु,’ ज्ञानेन्द्र शाहलाई बधाई तथा धन्यवाद भन्दै थापाले अगाडि लेखेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

लामो समयदेखि राप्रपाको नेतृत्वमा रहेका थापा राजा र राजसंस्थाको खुब वकालत गर्दै आएका थिए । तर, नेतृत्वमा पराजयसँगै आएको उनको टिप्पणीले उनी अब राजसंस्थाको वकालत नगर्ने अवस्थामा पुगेका छन् ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिडेको पुरस्कार आज पाईयो,’ निवर्तमान अध्यक्ष थापाले अर्को ट्वीटमा लेखेका छन्, ‘सो एजेन्डाको मुल संम्वाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएक चेष्टाले राजाको भलो होस, हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...