ज्ञानेन्द्र शाहमाथि खनिए कमल थापा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् ।आफू पराजित भएको परिणाम स्वीकार गर्दै थापाले आफ्नो पराजयमा पूर्वराजा शाहको हात रहेको आरोप लगाउँदै शाहप्रति कडा टिप्पणी गरेका हुन् । उनको पराजयसँगै अब राजा र राजसंस्थाबाट मुक्ति पाएको संकेत समेत उनको टिप्पणीबाट पाउन सकिन्छ ।

उनले ट्विटमा आफ्नो पराजयमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको उल्लेख गर्दै भनेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मलनिवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु,’ ज्ञानेन्द्र शाहलाई बधाई तथा धन्यवाद भन्दै थापाले अगाडि लेखेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

लामो समयदेखि राप्रपाको नेतृत्वमा रहेका थापा राजा र राजसंस्थाको खुब वकालत गर्दै आएका थिए । तर, नेतृत्वमा पराजयसँगै आएको उनको टिप्पणीले उनी अब राजसंस्थाको वकालत नगर्ने अवस्थामा पुगेका छन् ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिडेको पुरस्कार आज पाईयो,’ निवर्तमान अध्यक्ष थापाले अर्को ट्वीटमा लेखेका छन्, ‘सो एजेन्डाको मुल संम्वाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएक चेष्टाले राजाको भलो होस, हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...