ताजा जनादेशमा जाऔँ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।  हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।

अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उनले भने, ‘न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।’

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मूल्याङ्कन गरेर फैसला गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...