उपमहासचिव नपाएपछि उपाध्यक्षमा चुनाव लडेका थिए घनश्याम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा पराजित नेता घनश्याम भूसालले उपमहासचिवमै दोहोरिने इच्छा राखेको एक नेताले खुलासा गरेका छन । नवनिर्वाचित उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा भूसालले उपमहासचिवमै दोहोरिने इच्छा राखेको खुलासा गरेका हुन । ‘घनश्याम भूसालले फेरि पनि उपमहासचिवमै रहने भन्नुभएको थियो, तर अध्यक्ष केपी शर्मा ओलीले टिम बनाउँदा उहाँ पर्ने स्थिति रहेन, त्यसपछि उपाध्यक्षमा उम्मेदवारी दिनुभयो ।’ पाण्डेको भनाइ थियो ।

अध्यक्षमा पराजित भीम रावललाई भने ओलीले उपाध्यक्षमा व्यवस्थापन गर्न चाहेको पाण्डेको भनाइ छ । अध्यक्ष मण्डलका अध्यक्ष ओलीले रावललाई उपाध्यक्षमा राखे पनि अस्वीकार गरेपछि चुनावको स्थिति बनेको थियो । तर, सर्वसम्मत प्रस्तावलाई चुनौति दिने रावलसहित पदाधिकारीमा भूसाल, भीम आचार्य र टंक कार्की पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...