कार्यवाहक प्रधानन्याधीश को ?



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो । कार्यवाहक टुङ्गो नलाग्दा अझै कजलिस्ट प्रकाशन हुन सकेको छैन ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्छ ।’ उनले दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने पनि बताए । ‘संविधानले त्यही व्यवस्था गरेको छ । हामीले त्यही गर्नुहोस् भनेका छौँ ।’

यही विषयमा अन्योल देखिएपछि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीचबीच बिहीबार छलफल भएको थियो । छलफलबारे जानकारी दिँदै शाक्यले कार्यवाहक प्रधानन्यायाधीशको टुङ्गो नलगाएसम्म इजलासमा नबस्न आफूहरूले आग्रह गरेको बताए । यसबारे न्यायाधीशहरूले छलफल गरेर निर्णय लिने जानकारी गराएको पनि बताए । ‘तपाईंहरूको एजेन्डासँग हाम्रो असहमति छैन भन्ने जवाफ न्यायाधीशहरूले दिनुभयो,’ उनले भने, ‘इजलासमा बस्न दिन र सहयोग गर्न वहाँहरूको आग्रह थियो ।’

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ४–४ दिनसम्म अस्पतालमा बस्दा पनि प्रधानन्यायाधीशले अस्पतालबाटै पेसी तोक्ने र कसैलाई कार्यवाहक नदिने कुरा गैर संवैधानिक भएको बताए । ‘हामीलाई सुतेर बस्ने प्रधानन्यायाधीश चाहिएको होइन । यदि उहाँ सक्षम हुँदाहुँदै राजीनामा छल्न अस्पताल जानुभएको हो भने त्योजस्तो लज्जास्पद कुरा केही हुँदैन,’ उनले भने, ‘अब जबराको ठाउँमा वरिष्ठतम न्यायाधीशले कामु चलाएर न्यायपालिकालाई नेतृत्व दिनुपर्छ ।’  बारसँगको छलफलपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...