सूर्य थापाले भीम रावललाई यसरी दिए दनक
एमाले नेता सूर्य थापाले केन्द्रीय सदस्यको शपथग्रहण नगरी आसन ग्रहण गरेको बिषयलाई लिएर पूर्वउपाध्यक्ष भीम रावलमाथि कडा प्रश्न गर्नुभएको छ । नवनिर्वाचित केन्द्रीय सदस्य थापाले आज सामाजिक सञ्जालमा रावलको फोटो राखेर नेतृत्वको सपथग्रहण, रावलको आसनग्रहण भन्दै तीन बुँदे भनाई राखेर रावललाई इतिहास संझाउनु भएको हो ।
‘२०६५ सालमा बुटवलमा रावलजीले उपाध्यक्षमा चुनाव हार्नुभयो र केन्द्रीय सदस्यमा जित्नुभयो। तर केन्द्रीय सदस्यको सपथ तबसम्म लिनुभएन, जबसम्म उहाँ मन्त्री बन्ने निश्चित भएन। २०६६ मा गृहमन्त्रीको सपथ लिने सुनिश्चित भएपछि तत्कालीन अध्यक्ष झलनाथ खनालले अघिल्लो दिनमात्रै हतारहतार उहाँलाई केन्द्रीय सदस्यको सपथ गराउनुभएको झल्झली संझना भइरहेछ। म पनि त्यो समारोहमा उपस्थित थिएँ। बुढापाकाले बाह्र बर्षमा खोलो फर्किन्छ भन्थे, हो रहेछ !’ थापाले लेख्नुभएको छ ।
यस्तो छ थापाको दनक
नेतृत्वको सपथग्रहण, रावलकाे आसनग्रहण !
१; २०६५ सालमा बुटवलमा रावलजीले उपाध्यक्षमा चुनाव हार्नुभयाे र केन्द्रीय सदस्यमा जित्नुभयाे। तर केन्द्रीय सदस्यकाे सपथ तबसम्म लिनुभएन, जबसम्म उहाँ मन्त्री बन्ने निश्चित भएन। २०६६ मा गृहमन्त्रीको सपथ लिने सुनिश्चित भएपछि तत्कालीन अध्यक्ष झलनाथ खनालले अघिल्लो दिनमात्रै हतारहतार उहाँलाई केन्द्रीय सदस्यकाे सपथ गराउनुभएको झल्झली संझना भइरहेछ। म पनि त्याे समारोहमा उपस्थित थिएँ।
२. बुढापाकाले बा-ह बर्षमा खाेलाे फर्किन्छ भन्थे, हाे रहेछ !
मंसिर १४ गते बेलुका दशाैं महाधिवेशनबाट निर्वाचित नेतृत्वले सपथग्रहण गरिरहँदा रावलजी आसनग्रहणमा मग्न थिए। जबकि उनलाई महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा निर्वाचित नै गरेका थिए र महाधिवेशनकाे सर्वाेच्चतालाई स्वीकारेर उनले सपथ लिनुपर्दथ्याे। उनले सपथ लिएनन्। हामी देख्नेलाई लाज भाे! संयाेगले यसपटक पनि उहाँकाे आसनग्रहणलाई मैले पछाडि उभिएर सपथ लिंदै हेरिरहें !
३. बन्दसत्रकाे सर्वसम्मतिले अध्यक्षमण्डलका अध्यक्षलाई सहमतिकाे नेतृत्व प्रस्ताव गर्ने जिम्मेवारी दिएअनुरूप नै ३०१ जनाकै नामावली त प्रस्ताव गरिएको नै थियाे। केवल अध्यक्षकाे उम्मेदवार भएर २२३ भाेट पाएकाे देखाउन पार्टीको ३ कराेड खर्च गराउने र महाधिवेशन दुई दिन लम्ब्याएर प्रतिनिधिहरूलाई अनाहकमा दु:ख दिने साहसी व्यक्तित्व न पर्नुभयाे, रावलजी !
तर पहिले गृहमन्त्री बन्न सपथ लिएको आफ्नै बहुचर्चित नजीरविपरित अहिले के जात्रा गरेकाे हाेला यस्ताे ? पदाधिकारी हारेपनि केन्द्रीय कमिटीमा रहनसक्ने पार्टीको प्रबन्धलाई अस्वीकार गर्नु भनेकाे हदैसम्मकाे अराजकता हाे। मान्छेकाे बुद्धि र विवेककाे ठाउँ पूर्वाग्रह, प्रतिशाेध र स्वार्थले भरिभराउ भएपछि यस्तै त हुँदाेरहेछ !
उपाध्यक्ष प्रस्ताव गर्दा अस्वीकार, केन्द्रीय सदस्यकाे सपथग्रहण गर्नुकाे साटाे आसनग्रहण र अध्यक्षमा पराजय भएपछि रावलजी अब पाँच बर्ष अछाम जिल्ला भागेश्वर कालाआम वडा कमिटीको सदस्य नै बन्न जाने हाे त ?