राप्रपाको नारा राजा आउ देश बचाउ होइन : कमल थापा



हाम्रो इकोनोमि

 

 

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नरहेको बताएका छन् । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने होइन’, पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आउ राजालाई ल्याउ भन्ने नारा हो ।’

थापाले सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने पनि बताए ।  ‘हामीले सडक र सदन दुबै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बनाउनुपर्छ’, थापाले भने, ‘संसदीय शक्ति र सडकको शक्ति दुबै प्रयोग गरेर हामीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्नुपर्छ ।’

यही रणनीतिअनुसार पार्टी अघि बढिरहेको पनि थापाले बताए । ‘जुन दिन राप्रपाले संसदमा सम्मानजन अवस्था प्राप्त गर्न सक्छ, जुनदिन काठमाडौंका सडकमा १ लाख भन्दा बढी मानिस निरन्तररुपमा उतार्न सक्दछ । त्यो अवस्थामा संविधानको दुई तिहाइ बहुमतको धारा पर्खेर राप्रपा बस्दैन’, उनले भने । संसदको शक्ति र सडकको शक्तिबाट नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा राख्नेकाम जनताले गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...