भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढ्यो : सिपी मैनाली



हाम्रो इकोनोमि

 

 

नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताएका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए ।

तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरू बोल्नसमेत नसकेको उनको भनाइ छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेको भन्दै उनले भने, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ । देशभक्त एक ठाउँमा उभियौँ । देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ ।’ माओवादी युद्ध असफल भएको टिप्पणी गरेका उनले अहिले नेपालमा भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...