राप्रपाको अध्यक्षमा थापा र लिङ्देन भिडने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । विभिन्न ध्रुर्वमा विभाजित रहेको राप्रपा एकीकृत भएपछि पहिलो पल्ट महाधिवेशन हुन लागेको हो । महाधिवेशनको उद्घाटन बुधबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । राप्रपाको महाधिवेशन ११ बजे उद्घाटन हुने छ । राप्रपा एकीकरण हुँदा ३ अध्यक्षको व्यवस्था रहेको थियो भने अबको एकता महाधिवेशनबाट एक अध्यक्ष चुनिनेछन् । अझ भनौँ यो एकता महाधिवेशनबाट राप्रपाले नयाँ र एक प्रमुख नेतृत्व चुन्नेछ । मंसिर १५ अर्थात आजबाट १७ गतेसम्म हुने महाधिवेशनमा दुई नेताले अध्यक्षमा दावी गरेका छन् ।

तीन अध्यक्षमध्येका एक अध्यक्ष कमल थापालाई चुनौती दिँदै पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले पनि आफू अध्यक्षको लागि फिट भएको दावी गर्दै उम्मेदवारको घोषणा गरेका छन् । उता अन्य दुई अध्यक्ष पशुपति शमशेर जबराले सहमतिको पक्षमा उभिको बताएका छन् ।

त्यस्तै अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले भने लिङ्देनको खुलेरै समर्थन गरेका छन् । यो अवस्थामा हेर्दा यो महाधिवेशनमा थापा र लिङ्देनको कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

लामो कालदेखि पार्टी नेतृत्वमा रहेका थापाविरुद्ध लिङ्देनले आफूलाई अब्बल सावित गर्नु आफैँमा चुनौतीको कुरा हो । तर पार्टीमा युवा नेतृत्वको आवाज उठ्नु र थापाको नेतृत्वप्रति असन्तुष्टका साथै उनको कार्यशैलीबाट वाक्क भएका रहेका नेता कार्यकर्ताका लागि भने लिङ्देन लोकप्रिय बन्ने निश्चित छ । लिङ्देनलाई डा धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ

त्यसो त उता राजनीतिको लामो यात्रासँगै राजा ज्ञानेन्द्रकै पालामा गृहमन्त्री भएका थापा अनुभवको हिसाबले धेरै माथिका नेता हुन् । उनी २०६३ सालमै गृहमन्त्री बनेका थिए ।

उनी पार्टीेमा लामो कार्यकाल अध्यक्ष रहेकाले पनि पार्टीका धेरै नेताहरुसँग उनको प्रत्यक्ष सम्पर्क तथा सम्बध छ । जसले उनलाई अध्यक्षमा मत आउनसक्छ । थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

राप्रपामा अहिले ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि रहेका छन् । संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्र राप्रपाको मुख्य एजेण्डा हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...