चितवनका लोकप्रिय नेता जेएन थपलिया अत्याधिक मत ल्याइ केन्द्रिय सदस्यमा विजयी



 

 

चितवनमा यहि मंसिर १० देखि १२ गतेसम्म आयोजना भएको पार्टिको दसौं महाधिवेशनबाट बागमती प्रदेशका प्रदेश सचिवालय सदस्य एवं चितवनका जनपृय नेता जगन्नाथ थपलिया(जेएन) केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी हुनुभएको छ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय थपलियाले पार्टीलाई वैचारिक र सांगठनिकरुपमा मजबुद बनाउन भन्दै केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी हुनुभएको छ ।

खुलातर्फ ८४ सदस्यका लागि भएको निर्वाचनमा १०० जना उम्मेदवार रहेका थिए। सादा जीवन,कार्यकर्ता माझ निकै लोकप्रीय रहनु भएका नेता थपलियाले १७१६ लोकपृय मत ल्याइ खुलातर्फ विजयी हुनुभएको हो । १० देखि १२ गतेसम्म महाधिवेशन मिति भएपनी बन्दसत्र निर्वाचन प्रक्रियामा धकेलिएकोले हिजो १४ गतेमात्र महाधिवेशन सम्पन्न भएको हो।

दसौं महाधिवेशनबाट केपी शर्मा ओली पुनः दोस्रो पटक अध्यक्षमा अत्याधिक मतले निर्वाचित हुनुभएको छ।यो महाधिवेशनले उहाँ सगै १९ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ।

थपलियाले कम्युनिस्ट राजनीति, शिक्षा र सामाजिक सेवामा चार दशकबढी विभिन्न पार्टी संगठनमा रहेर काम गरिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका थपलिया अनेरास्वबियुका पूर्वसचिवदेखि मिनभबन क्याम्पसको दुई पटक स्ववियु सभापति रहेका थिए ।

त्यस्तै, जिल्ला विकास समिति चितवनका पूर्वउपसभापति, भरतपुरको सप्तगण्डकी क्याम्पसको पूर्वक्याम्पस प्रमुख, मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष भएर उनले काम गरिसकेका छन् । जनताको बहुदलीय जनवादका पक्षधर थपलियाले २०३६ सालदेखि २०४० सालसम्म चार वर्ष जेल जीवन बिताएका छन् भने २०३६ अघि पनि पञ्चायती सरकारले पटकपटक गिरफ्तार गरेको थियो । उनकै नेतृत्वमा २०३६ सालमा स्वतन्त्र होटल युनियनको स्थापना भएको थियो ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता