विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

धनगढी विमानस्थलको हिजो सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन् ।

धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा मात्रै जग्गा छ ।

क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन पनि निर्देशन दिएका छन् । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...