उम्मेदवारी फिर्ता नलिने भीम रावलको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रस्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने बताए ।

उनले केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएको भन्दै पार्टीभित्र एकथरिले आलोचना गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘लोकतन्त्रमा म प्रत्येक आलोचना, टिप्पणीको सम्मान गर्छु । पार्टीमा साथीहरुले आफ्ना कुरा भन्नुहुन्छ, आलोचना गर्नुहुन्छ । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।’

रावलले निर्वाचन हुँदैमा पार्टीमा एकता नहुने भनेर बुझ्न नमिल्ने पनि बताए । ‘निर्वाचन हुँदैमा एकता नहुने हो भने त हामीले आम चुनाव लगायत कुनै पनि निर्वाचन गर्नुभएन, त्यो मान्यता नै गलत छ,’ उनले भने, ‘लोकतन्त्रमा एकतामा अनेकता हुने भनेको जब विधि मिचिन्छ, कानुन मिचिन्छ, व्यक्तिहरुका अधिकार मिचिन्छन्, त्यहाँ प्रणाली कमजोर हुन्छन् । त्यतिबेला पो एकता कमजोर हुन्छ ।’ स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार प्रयोग गर्ने, नियम कानुन मान्ने, विधि मान्ने, नीति मान्ने, राष्ट्रको हितलाई सर्वोपरी मान्ने, कुराले कहिल्यै एकता कमजोर नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...