बागमती प्रदेशबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बाग्मती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवाश्यक संख्या तीनभन्दा बढीको उम्मेदवारी नपरेकाले बाग्मतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् ।

जसअनुसार पार्वती रावल, पेम्बा लामा र रचना खड्काको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध केन्द्रीय कमिटी सदस्य बनेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी नै छ ।

तर, बाग्मती प्रदेशको ६ वटा पुरुष कोटामा आठ जनाको उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने सम्भावना छ । उम्मेदवारी फिर्ताको समयसिमाभित्र उम्मेदवारी फिर्ता नभए बाग्मती प्रदेशमा प्रतिस्पर्धा हुनेछ ।

बाग्मती प्रदेशको ६ कोटाका लागि आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, केदार क्षेत्री, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामवीर मानन्धर, रामेश्वर रानामगर र सरेश नेपालले उम्मेदवारी दिएका छन्, दुई जनाले मात्रै उम्मेदवारी फिर्ता नलिएकोे खण्डमा बाग्मती प्रदेशमा आन्तरिक निर्वाचनवाट नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...